पत्रकारसँग ५५ करोड क्षतिपूर्ति मागेपछि… | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

पत्रकारसँग ५५ करोड क्षतिपूर्ति मागेपछि…

money

काठमाडौं, ६ मंसिर । उद्यमी निर्वाण चौधरीको वैवाहिक जीवनमाथि टिप्पणी गर्दै पत्रकार दिनेश अाचार्यले सेयर बजार साप्ताहिकमा समाचार लेखे । समाचार अनलाइन संस्करणमा पोस्ट गरेर सामाजिक सञ्जालमा पनि धेरै सेयर भयो ।

पत्रिकामा छापिएको समाचार मात्रै प्रैस काउन्सिलले हेर्छ, तर तेहि समाचारलाई अनलाइमा पोस्ट र सामाजिक सञ्जालमा सेयर भएपछि विद्युतीय कारोबार ऐन आकर्षित हुन्छ भन्ने नेपाल प्रहरीको दाबी छ ।

निर्वाणले सो समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै विद्युतीय कारोबार ऐन , २०६३ को धारा ४७ मा टेकेर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरे । आचार्य २०७० मा पक्राउ परे । निर्वाणले अाचार्यसँग ५५ करोड रुपैयाँ क्षतिपूर्ति मागसमेत गरेका थिए । तर, पत्रकार महासंघ र प्रेस काउन्सिलले मात्रै हेर्न सक्ने जिकिर गर्दै अदालतमा पैरवी गरे ।

काठमाडौं जिल्ला अदालतले पत्रकार अाचार्यलाई सफाई दियो । पत्रकारलाई विद्युतीय ऐन लगाइएको पहिलो हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);