अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

abhitabha bachchan

काठमाडौं, ६ मंसिर । बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् ।

उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् ।

मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए । एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् ।

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);