काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको नेत्रित्वो मा बनेको सरकारले राम्रो प्रगति गर्न सकेन र जनताले चाहेको जस्तो काम गर्न सकेन भनेर तिब्र आलोचना भईरहेको छ । नेकपा भित्रैका वरिष्ठ नेताहरुले पनि सरकारले सोचेजति काम गर्न सकेन भनिरहेका छन् । नेकपाका ठुला नेताहरुले सरकारको विरोध गरिरहदा भुल्न नहुने कुरा के छ भने यो सरकार दुई तिहाई मत प्राप्त सरकार हो । यति धेरै मत पाएको सरकारले किन काम गर्न सकेन ? अथवा यो सरकार र प्रधानमन्त्रीको ठाउँमा अरुनै कोहि भएको भए पनि अवस्था यही हुन्थ्यो त ? सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टीले सरकारले संसोधनको प्रक्रिया अगाडी बढाएन भने छठ पछि समर्थन फिर्ता लिन्छौ भनेर चेतावनी दिइरहेको छ । सरकारले किन सोचे जस्तो काम गर्न सकेन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीति विश्लेषक डा. सुरेन्द्र केसीसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीले रेष्ट लिनुपर्छ, बामदेव मार्फत हिन्दु राज्य घोषणाको तयारी हुँदैछ : डा. सुरेन्द्र केसी (भिडियो सहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
४ घन्टा अघि