विद्यार्थीद्वारा चिकित्सा शास्त्र अध्ययन संस्थानमा विरोध प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

विद्यार्थीद्वारा चिकित्सा शास्त्र अध्ययन संस्थानमा विरोध प्रर्दशन

bidhyarthi pradarshan

काठमाडौं, २५ कात्तिक । त्रिभुवन विश्वविद्यालय अन्तरगतको चिकित्सा शास्त्र अध्ययन संस्थानले बिद्यार्थी भर्नामा आर्थिक चलखेल गरेको आरोप लगाउँदै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन । आईतबार विद्यार्थीहरुले महराराजगञ्ज स्थित चिकित्साशास्त्र अध्धययन संस्थानको डीन कार्यालयमा चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन ।

आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि प्रर्दशन गर्नु परेको विद्यार्थीहरुको भनाई छ ।

मेरिटको आधारमा चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ । उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई प्राथमिकता दिएको तर त्योभन्दा धेरै बढी प्रतिशत नम्बर ल्योनेलाई प्राथमिकता नदिइएको विद्यार्थीहरुको गुनासो छ । ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शाूत्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);