काठमाडौं, २४ कात्तिक । वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।
उपराष्ट्रपति पुनले मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरेका थिए । सम्मान कार्यक्रममा उपराष्ट्रपति पुनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गरे ।
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो । राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो ।