सरकारको योजना असफल : बेलायतका प्रधानमन्त्री कहिल्यै नेपाल आएनन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सरकारको योजना असफल : बेलायतका प्रधानमन्त्री कहिल्यै नेपाल आएनन्

nepal england

काठमाडौं, २१ कात्तिक । चालू अंग्रेजी बर्षलाई उच्चस्तरीय भ्रमण बर्ष बनाउने सरकारको योजना असफल भएको छ ।

सन् २०१८ मा विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखहरुको उच्चस्तरीय भ्रमण गर्ने सरकारको लक्ष्य थियो । तर, ११ महिनासम्म भारतबाहेक अन्य देशबाट उच्चस्तरीय भ्रमण भएको छैन ।  कूटनीतिक स्रोतहरुका अनुसार अब झन्डै दुई महिना अवधिमा चीनबाट उच्चस्तरीय भ्रमण हुने सम्भावना छैन ।
बेलायतका प्रधानमन्त्री कहिल्यै आएनन्
बेलायतसँग नेपालको कूटनीति सम्बन्ध सबैभन्दा पहिलो हो । तर, २०० वर्षको दौत्य सम्बन्धमा अहिलेसम्म एउटै पनि बेलायती प्रधानमन्त्री नेपाल आएका छैनन् । नेपालले बेलायतका हरेर प्रधानमन्त्रीलाई निम्तो भने दिने गरेको छ ।

तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले २०७० पुसमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटेर प्रधानमन्त्री केपी ओलीका तर्फबाट भ्रमणको निम्ता दिएका थिए, तर आएनन् । बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण भने बाक्लै हुने गरेको छ ।
बेलायती राजपरिवारका सदस्यहरुले भने नेपाल भ्रमण गर्दै आएका छन् । २०१८ मा नेपालको राजकीय भ्रमण गरेकी बेलायती महारानी एलिजाबेथ ट्वितीय र २०४३ मा दोस्रो पटक आएकी थिइन् । त्यसयता अन्य सदस्यहरुको अनौपचारिक भ्रमण हुँदै आएको छ । समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);