सम्पन्न भइसकेका आयोजनाको भुक्तानी तत्काल उपलब्ध गराउन माग | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सम्पन्न भइसकेका आयोजनाको भुक्तानी तत्काल उपलब्ध गराउन माग

nirman bebasayi

काठमाडौं, १९ कात्तिक । नेपाल निमार्ण व्यवसायी महासंघले सम्पन्न भइसकेका बिभिन्न आयोजनाहरुको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसंग माग गरेको छ । महासंघले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी प्रादेशिक र स्थानीय सरकार गठन प्रश्चात सम्बन्धीत सरकारको कार्यक्षेत्र टुंगो नलाग्दा सम्पन्न भइसकेका आयोजनाहरुको भुक्तानी हुन नसकेको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको हो ।

महासंघले हाल सार्वजनिक खरिद ऐनको दफा १० मा निमार्ण व्यवसायी ऐनले व्यवस्था गरेको वर्गलाई खारेज गरेकोले सोको सट्टा टर्नओभरको आधारमा वर्ग कायम गनुपर्ने पनि बताएको छ । आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नु निमार्ण व्यवसायीहरुको मात्र कमजोरी नभएको महासंघको दाबी छ ।

त्यस्तै महासंघले राष्ट्रिय गौरवका आयोजनाहरुमा नेपाली निमार्ण व्यवसायीहरुको पनि सहभागीता हुनुपर्ने,उपभोक्ता समितीले १ करोड सम्मको निमार्ण कार्य गर्ने व्यवस्थालाई खारेज गनुपर्ने, यन्त्र उपकरणमा र मेशिन औजारमा लाग्दै आएको दोहोरो सवारी कर हटाउन सम्बन्धित निकायमा पहल गर्नुपर्ने लगायतको माग अघि सारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);