हचुवाको भरमा सरकारबाट सय पर्यटकीय गन्तव्य घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

हचुवाको भरमा सरकारबाट सय पर्यटकीय गन्तव्य घोषणा

tourist in pokhara

काठमाडौं, १८ कात्तिक । पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्वपूर्ण पुरातात्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा परेका छैनन् ।

मन्त्रालयले सामान्य पर्यटकीय गन्तव्यलाई उत्कृष्ट एक सयको सूचीमा राखेको छ । पर्नैपर्ने गन्तव्यलाई छुटाइएको सरोकारवालाले जनाएका छन् । सूचीमा समावेश भएको रुकुम पश्चिमको गोतामकोट चित्रिपाटन साहसिक मार्ग, सुर्खेतको गिद्देडाँडा, पर्यटकीय क्षेत्र र मदन आश्रित पार्कबारे स्थानीय बासिन्दालाई समेत जानकारी छैन ।

पर्यटकको आकर्षणको केन्द्र रहेका सुर्खेतको बुलबुले र बराहताल सूचीमा अटाएका छैनन् । आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);