काठमाडौं, १६ कात्तिक । शाहरुख खान बलिउडका सर्वाधिक सफल कलाकार हुन् ।
भारतमा मात्र होइन विश्वभर छरिएका उनका करोडौ प्रशंसकका बिच उनी बादशाहको रुपमा परिचित छन् । नेपालमा समेत उनका लाखौ प्रशंसक छन् ।
२ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख शुक्रवारबाट ५३ वर्षमा प्रवेश गरेका छन् । प्रशंसकहरुले ‘किंग खान’लाई जन्मदिनको शुभकामना दिइरहँदा हामी तपार्इलार्इ उनले हासिल गरेका केही महत्वपूर्ण सफलताको बारेमा जानकारी दिँदैछौ ।
१। शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।
२। अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलार्इ फ्रान्सको ‘लिगियन अफ फ्रान्स अवार्ड’ मिलेको छ ।
३। उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।
४। र्फोब्सको ‘मिडिल इस्ट’ विशेषको कभरपेजमा अटाउने उनी पहिलो भारतिय कलाकार हुन् ।
५। इन्टरपोलको ‘टर्न व्याक क्राइम’ नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतिय कलाकार हुन् ।
६। उनी विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगें’ झण्डै २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो ।
७। ‘रोमान्स किंग’ को छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका पछिल्ला दुई फिल्म ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ले बक्सअफिसमा कमार्इको नयाँ रेकर्ड बनाएका थिए ।
८। एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आशिर्वाद बिना यो उचार्इमा पुग्ने उनी एकमात्र भारतीय कलाकार हुन् ।
९। फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमार्इ अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनी विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन ।
१०। शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।