मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने

malesiya

काठमाडौं, ११ कात्तिक । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् । यसअघि सञ्चालनमा रहेका बायोमेडिकल (बायोमेट्रिक), ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मेलसियाबीच श्रम समझदारी (एमओयु) हुन थालेको हो ।

६ महिनाअघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियान रोजगारदाताले बेहोर्ने छन् । गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);