धनुषा, १० कात्तिक । धनुषामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही बस्ने २८ वर्षीय संजय यादवले आफ्नी २४ वर्षीया पत्नी रुबी ठाकुरलाई कुटपिट गरी हत्या गरेका हुन् ।
संजयको कुटपिटबाट पत्नी रुबीको शुक्रबार साँझ मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । संजयले कुटपिट गरेपछि रुबी वेहोस भएकी थिइन् । पत्नीलाई वेहोस अवस्थामा छोडेर डाक्टर बोलाउन गएका संजय त्यसपछि नफर्किएको प्रहरीले जनाएको छ ।
श्रीमती रुवीले आफ्नो गरगहना बेचेर सबै पैसा राखेको थाहा पाएपछि पैसा लिन उनलाई कुटपिट र यातना दिँदै आएको माइती पक्षको आरोप लगाएको छ ।