पार्टीको विधान केन्द्रीय सदस्यलाई नै थाहा छैन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

पार्टीको विधान केन्द्रीय सदस्यलाई नै थाहा छैन

rajapa

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् ।
अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका केन्द्रीय सदस्यहरुले बताएका छन् ।
राजपाले आगामी वैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टी विधानबारे केन्द्रीय सदस्य नै अनभिज्ञ शिर्षकमा छ ।

पार्टीले कुन संगठनात्मक ढाँचाअनुसार महाधिवेशन गर्न लागेको हो, सोबारे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने र आयोगको अनुमति आवश्यक हुने भएकाले विधान आयोगमा पठाइएको हो ।

पार्टीका नेताहरुका अनुसार, निर्वाचन आयोगले यही साता विधानको अनुमोदित कपी उपलब्ध गराउने भएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);