६ श्रीमानका दसैं योजना : कोही ध्यानमा, कोही आत्मकथामा रमाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

६ श्रीमानका दसैं योजना : कोही ध्यानमा, कोही आत्मकथामा रमाउँदै

sarbochha adalat

काठमाडौं, ३० असोज । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान भगवानप्रति समर्पित रहनेछ ।
उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् । मेरो दसैं कानुन र संविधानमा होइन, पूरै अध्यात्मिक चिन्तन र ध्यानमा बित्नेछु श्रेष्ठले भने, परलोक सुधार्ने काममा लाग्छु, पशुपतिको दर्शन गर्न जान्छु ।पशुपतिको आराधनाले मोक्ष प्राप्ति हुने विश्वास उनमा छ । श्रेष्ठले प्रधानन्यायाधीश बन्न पशुपतिनाथकै आशिर्वाद रहेको बताए । उनी बिहान श्रीमदभागवतगीता पाठ गर्छन् ।

अर्का पूर्वप्रधानन्यायधीश अनुपराज शर्मा भने नास्तिक हुन् । उनी भने किताब पढेर दसैं बिदा सदुपयोग गर्ने मुडमा छन् । अर्का पूर्वप्रधानन्यायधीश केदारनाथ उपाध्याय पशुपति र भगवती मन्दिरमा पुगेर दर्शन गर्ने, परिवारका जेष्ठ सदस्य भएका कारण परिवार र घरमा आउने बाबुनानीलाई टीका लगाइदिने, आफन्तकहाँ भेटघाट गर्ने ध्याउन्नमा छन् ।

अर्का पूर्वप्रधानन्यायधीश मीनबहादुर रायमाझीको भने दसैंमा के गर्ने भनेर अझै योजना बनेको छैन । पूर्वप्रधानन्यायधीश गोपाल पराजुली भने दसैंभर आत्कथा लेखेर बस्ने योजनामा छन् । उनले आत्मकथाको नाम पनि जुराइसकेका छन्, संयोगका पानाहरु ।

पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्र भने यसपटक गृहजिल्ला रुपन्देहीको राइपुर पुगेर दसैं मनाउँदै छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);