काठमाडौं, २८ असोज । यात्रुको चापलाई मध्यनजरगर्दै यातायात व्यवसायीले सवारीसाधनको उचित प्रबन्ध मिलाइको बताएका थिए । तर राजधानी काठमाडौँबाट पुर्वी नेपाल जाने यात्रुहरु भने सवारीसाधन नपाएर दुख पाइएको गुनासो गरेका छन् ।
सार्वजनिक यातायातको भाडा बृद्धी गरेर भए पनि यातायात व्यवसायीलाई खुसी बनाएर सरकारले व्यवसायीको समन्वयमा दशैँका लागि असोज ९ गतेबाट टिकट बुकिङ खुला गरेको थियो । तर समयमै बुकिङ नखुलाई व्यवासायीले लापर्बाही गरेपछि विपि राजमार्ग हुदै पुर्वी नेपालका लागि संचालन हुने सवारी दशैँका बेलामा अभाव भएको छ । पहिले नै टिकट लिन नपाएका यात्रुहरु अहिले बसपार्क र टिकट काउण्टरहरुमा अपलत्र परेका छन् ।
बच्चा सहित झोला बोकेर गाउँ जाने तयारीमा रहेका यात्रुहरु साना जीप तथा सुमोहरुमा सिट नपाएपछि हैरान भएका हुन् । एक त सिट नपाउने समस्या छ भने अर्कातिर बल्ल बल्ल पाएको सिट पनि तोकिएको भाडा भन्दा दोब्बर तिर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो छ । अहिले भाडादरमा बार्गेनिङ गर्नकै लागि पहिले नै टिकट बुकिङ नखुलार फटाईँ गरेको यात्रुहरुको गुनासो छ । यता टिकट काउन्टरका कर्मचारीहरुले भने बढि भाडा नलिएको दाबी गरेका छन् ।
बढि भाडा असुल्ने व्यवसायीलाई कार्बाही गर्ने बताएको ट्राफीक प्रहरीको प्रभावकारी उपस्थीति देखिएको छैन । सडकमै हेल्प डेस्क चलाएपनि नजिकैबाट व्यवसयीले यात्रुलाई ठगिरहेको छ । यद्यपी ठगीमा पर्ने व्यक्तीले उजुरी गरेर प्रहरीलाई सहयोग गर्नु पर्ने ट्राफीक प्रहरीको भनाई छ ।