काठमाडौं, २६ असोज । आज नवरात्रको तेस्रो दिन घर– घरमा चन्द्रघण्टा देवीको पूजा आराधना गरि मनाइदै छ ।
माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा , चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ ।
उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । भगवती देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर प्रत्यक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।