बाजुरामा राँगा जुधाएर बडा दशैको शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

बाजुरामा राँगा जुधाएर बडा दशैको शुभारम्भ

ranga judai

मदन वि.क
बाजुरा, २४ असोज
। हिन्दुहरुको महान् पर्व विजयदशमिको पहिलो दिन देवि भगवतीको पुजाआराधना सँगै घरघरमा जमरा राखि दशैको शुभारम्भ गरिन्छ । तर सुदुरपश्छिमेली जिल्ला बाजुरामा भने ठुल– ठुला राँगालाई एक आपसमा जुधाएर दशैँको शुभारम्भ गरिएको छ ।

सुदुरपश्चिम प्रदेशको एक जिल्ला बाजुरा जहाँ हिन्दुहरुको महान् पर्व विजया दशमीको अबसरमा ठुलठुला रागाँ जुधाएर दशैको सुरुवात गरिन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो बास्तवमा सत्य हो । दसैंको अवसरमा राँगा जुधाएर दशैँको आरम्भ गर्नु बाजुरेलीहरुको आफ्नै प्रचनल हो ।

बाजुरमा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै स्थानीयहरुले विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । यो बाजुरेलीबासीहरुको पुरानो परम्परा हो । जिल्लाको सदरमुकाम मार्तडीका स्थानीयबासीले विशेष गरेर दशैको पहिलो दिन घटस्थापनाको दिन सवैको घरघरमा जमरा राख्ने र दिउसो राँगाहरुलाई जुधाउएर रमाइलो गर्ने प्रचलन छ ।

जिल्लामा घटस्थापनाको अघिल्लो दिन औंसीदेखि दसैं अवधिभर बाजुराको विभिन्न क्षेत्रमा राँगा जुधाएर रमाइलो गर्ने चलन छ । सदरमुकाम मार्तडीसहित बाह्रबिस, गुदुखाती लगायत क्षेत्रमा समेत घटस्थापनाको दिन राँगा जुधाएर रमाइलो गरिन्छ । वल्लो पल्लो गाउँका थुप्रै जोडी राँगा आपसमा जुधाएर प्रतिस्पर्धा गराइन्छ ।

जिल्लाको सदरमुकाम मार्तडी नजिकैको बाहुली बगरमा राँगाहरुलाई जम्मा गरेर एक आपसमा जुुधाएर दशै पर्वको सूरुवात संगै रमाईलो गर्नु यहाँका बासिन्दाको पुरानो चलन हो । पुरानो बाउबाजेका पालादेखि नै राँगाहरुलाई एकआपसमा जुधाउने प्रचलन रहिआएको हुदा ,आफुहरु रहुन्जेल सम्म यो राँगा जुधाई परम्परालाई निरन्तरता दिने स्थानीय बताउछन् ।

यस खेलमा जित्ने राँगा र गाउँवासीको शाननै बेग्लै हुन्छ । साथै जित्ने राँगाको मूल्य वृद्धि हुन्छ भने राँगो पाल्ने मालिक र उनको गाउँको सबैको इज्जत बढेको मानिन्छ । त्यस्तै हार्ने राँगाको मूल्य पनि घट्ने र ईज्जत पनि घट्ने स्थानीयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);