तानेसेन बजारमा फोहोर नउठ्दा बजार क्षेत्र दुर्गन्धित | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

तानेसेन बजारमा फोहोर नउठ्दा बजार क्षेत्र दुर्गन्धित

palpa fohor

पाल्पा, २४ असोज ।  पाल्पाको तानसेन बजारबाट निस्कने फोहोरको एक हप्ता देखि व्यवास्थापन हुन नसक्दा दुर्गन्ध फैलिन थालेको छ । सदरमुकाम तानसेनमा निस्कने फोहोर अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको वनदेवि सामुदायिक वनमा स्थानिय बासिन्दाले फोहोर फ्याक्न रोक लगाएका कारण फोहोर व्यवस्थापन हुन नसकेको हो ।

फोहर व्यावस्थापनमा पहल नभए पछि सार्वजनिक स्थल , बसपार्कमा फ्याकिएका फोहोरका कारण पैदल यात्रुलाई मात्र होईन पर्यटन क्षेत्र समेत प्रभावित भएको छ ।

पहाडी जिल्लाको सुन्दर सदरमुकामका रुपमा परिचित पाल्पाको सदरमुकाम तानसेन नगरभित्र फोहोर नउठ्दा सरुवा रोगको प्रकोप फैलीन सक्ने चिन्ता बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);