गौतमका लागि उपनिर्वाचन: काठमाडौं ७ खाली | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

गौतमका लागि उपनिर्वाचन: काठमाडौं ७ खाली

bamdev n pradip gyawali

काठमाडौं, २४ असोज । गत प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् ।

मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन् । त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी दिए । ‘मेरो तर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’

उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं ७ मा दुईपटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वत स्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);