इलाममा पार्किङ अभावका कारण सवारी व्यवस्थापनमा समस्या | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

इलाममा पार्किङ अभावका कारण सवारी व्यवस्थापनमा समस्या

टीका खतिवडा
इलाम, २२ असोज । पछिल्लो समयमा इलाममा प्रसस्त गाडीहरु थपिने क्रम बढे लगत्तै पार्किङ्ग अभाव देखिएको छ । साँगुरो सडक अनी सडकमै पार्किङ, जसले गर्दा सवारी आवत जावतमा समस्या भएको छ । जसका कारण समयमा छुट्नु पर्ने गाडी छुट्दैनन । यसले गर्दा यात्रुु र सवारी चालकले समस्या भोग्नु परेको छ ।

इलामबाट विभिन्न स्थानमा दैनिक एक सय बढी गाडीहरु आवतजावत गर्छन् । बसपार्कको अभाव भएपछि सवारी चालकलाई नै समस्या पर्ने गरेको छ

सम्वन्धीत निकायले बेवास्ता गरेका कारण यस्तो स्थिती आएको पूर्वेली ट्याक्सी एण्ड जिप यातायात सेवा प्रालीका कार्यकारी सचिव सुमन काफ्लेले बताए । आफुहरुले यसका लागि पहल गरे पनि इलाम नगरपालिकाले यसतर्फ नसोचेको उनको आरोप छ ।

नगरपालिकाले उपलब्ध गराएको सानो पार्किङ्ग क्षेत्रमा दैनिक सवारी राखे वापत कर तिर्नु परेपनि कर अनुसारको सेवा नपाइएको सवारी धनीहरुको भनाई छ । यहाँ जिप गाडीको ५० रुपैयाँ र साना गाडिको ३० रुपयाँ शुल्क तिर्नु पर्ने हुन्छ ।

यो समस्या तत्काल समाधान हुने इलाम नगरपालिका वडा नम्वर सातका अध्यक्ष नरेश श्रेष्ठले बताए । त्यसो त समयमै इलामको सवारी व्यबस्थापन गर्न नसके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले समस्या भोग्नु पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);