कर्णाली राजमार्गको कालीकोट-दैलेख-जुम्ला सडकखण्डको अवस्था नाजुक | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

कर्णाली राजमार्गको कालीकोट-दैलेख-जुम्ला सडकखण्डको अवस्था नाजुक

सुर्खेत, २२ असोज । कर्णाली प्रदेशको मुख्य राजमार्गको रुपमा रहेको कर्णाली राजमार्गको कालीकोट दैलेख र जुम्ला सडक खण्डको अबस्था नाजुक रहेको छ । विगत केही बर्ष देखी संचालनमा आएको यो सडक कर्णाली क्षेत्रको मुख्य द्वारको रुपमा रहे पनि हालसम्म कुनै सुधार हुन सकेको छैन ।

जुन सडकमा २०६८ सालमा ४० जनाको ज्यान लिने गरी सवारी दुर्घना भएको थियो । आज ७ बर्ष पुगी सक्दा पनि यो सडकको अबस्था जस्ताको तस्तै छ । साँघुरो सडकका कारण गाडी ओहोर दोहोर गर्न निकै नै कठिन छ ।

कर्णाली राजमार्गको यो अवस्था सरकारलाई थाहा नभएको भने पटक्कै होईन तर थाहा भएर पनि खासै ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

बिगत १२ बर्ष देखि यो राजमार्गमा गाडि चालक रुपमा काम गर्दै आएका गाडी चालक टोप बहादुर बिश्वकर्माले भने सरकारले यो सडकको अबस्थालाई ध्यान नदिँदा १२ बर्ष देखी आफुले यो सडकमा जीवनको जोखिम मोलेर काम गरेको बताए ।

यसरी कर्णाली राजमार्गको अबस्थालाई हेर्दा यो सडकमा यात्रा गर्ने यात्रुले आफ्नो जीवनलाई मृत्युको मुखमा राखेर यात्रा गरिरहेका छन् । दसैंको मुखमा त झनै यहाँका यात्रुहरु आफुलाई जोखिममा राखेर यात्रा गरिरहेका छन् । सम्बन्धित निकायले आफ्नो कामलाई ध्यान नदिँदा पनि यो सडकको अबस्था यस्तो हुन गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);