काठमाडौं, २२ असोज । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ।
पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए। २० हजार १४६ घाइते गम्भीर घाइते भए। साधारण घाइतेको संख्या ४० हजार ७५४ छ। प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ। गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले ज्यान गुमाएको छ।
सिँचाइ मन्त्रालयअन्तर्गत जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्विवेदी पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।