काठमाडौं, २१ असोज । भुटानमा जारी १८ बर्ष मुनिका साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भुटानको थिम्पु स्थित चाङलि मिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ ।
फाइनल खेलमा बंगलादेश बलियो दाबेदारको रुपमा देखिन्छ । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुट आउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
नेपाली खेलाडी रेखा पौडेल अहिले उच्च लयमा छिन् । पहिलेसम्म ७ गोल गरेकी उनी प्रतियोतिगतामा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छिन् ।