निर्मला हत्या प्रकरणमा आइजिपी खनाल हटाए प्रहरी संगठन ध्वस्त हुन्छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

निर्मला हत्या प्रकरणमा आइजिपी खनाल हटाए प्रहरी संगठन ध्वस्त हुन्छ (भिडियोसहित)

aig ganesh rai

काठमाडौं, २१ असोज । निर्मला हत्या प्रकरण ७० दिन नाग्दा समेत घटनामा संलग्न दोषी पहिचान भएको छैन । प्रभावकारी अनुसन्धान गर्न चौतर्फी दवाव श्रृजना भइरहे पनि हत्यारा पत्ता नलागेपछि अहिले गृहमन्त्री र प्रहरी महानिरीक्षकको राजिनामा माग गर्न थालिएको छ ।

सडकमा अधिकारकर्मीहरुले गहृमन्त्री रामबहादुर थापाको राजिनामा माग भइरहेको बेला सत्ताधारी दल नेकपाका विद्यार्थी संगठनले गृहमन्त्रीले नभई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजिनामा दिनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएपछि राजिनामाको विषय चर्चामा आएको हो ।

प्रहरी पुर्व उच्च प्रहरी अधिकारीहरुले घटनालाई राजनितिकरण गरेर आइजिपीलाई बर्खास्त गरिए सिंगो प्रहरी संगठनको मनोबल माथि नै ठुलो धक्का लाग्ने बताउन थालेका छन् ।

नेपाल प्रहरीका पुर्व एआइजी गणेशराज राईले यदी आइजिपीलाई जबरजस्ती राजिनामा दिन लगाइए त्यसले प्रहरी संगठनलाई ध्वस्त बनाउने बताए । माउण्टेन टेलीजिभनको आजको सन्दर्भमा बोल्दै राईले यस्तो बताएका हुन् । थप जानकारीका लागि यो भिडियो हेर्नुहोस :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);