प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडाैं, १८ असाेज । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १३ दिन अघि संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन त्यसतर्फ गएका थिए । उनले  महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए ।

ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी थिए ।

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलबाट सिधै बालुवाटार गएका छन् । उनको सवारीको समयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईतर्फी बाटो बन्द गरेको थियो । प्रहरीले विमानस्थलदेखि उनको सरकारी निवास बालुवाटारसम्मको बाटोमा सवारी निषेध गरेपछि यात्रुले सास्ती खेपेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);