सिंहदरबारभित्रै पीए कुटिएपछि... | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

सिंहदरबारभित्रै पीए कुटिएपछि…

kutpit

काठमाडौं, १४ असोज । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।
मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ । उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।