महानगरका सचिवालय प्रमुखको सहकारी विभागमा सरुवा | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

महानगरका सचिवालय प्रमुखको सहकारी विभागमा सरुवा

ktm mahanagarpalika

काठमाडौं, १३ असोज ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सचिवालय प्रमुख निर्देशक नवराज ढकाललाई सरुवा गरेका छन् । मेयरसँग भेट गर्न आउने महानगरबासीलाई भेट गर्न नदिएको र सचिवालयमा आफूखुसी काम गरेको गुनासो बढेपछि मेयर शाक्यले ढकाललाई हटाएका हुन् ।

कामपा उच्च स्रोतका अनुसार ढकालले अधिकांस नगरवासीको कुनै पनि गुनासोको सुनुवाइ नगर्ने र सचिवालयमा आएको फाइललाई समेत थन्क्याएर राख्ने गरेको जानकारी आएपछि ढकाललाई सरुवा गरेको हो । उनलाई महानगरको सहकारी विभागमा सरुवा गरिएको छ । गएको ९ नौ गतेको निर्णयअनुसार सरुवा गरिएको हो । निर्देशक ढकालले हालसम्म पत्र बुझेका छैन ।

‘जनप्रतिनिधिको समेत गुनासो आउन थालेपछि ढकाललाई सरुवा गरिएको हो’ –स्रोतले भन्यो । मानव संशाधन महाशाखाको समेत जिम्मेवारी पाउँदा जनप्रतिनिधि र कर्मचारीको तालिममा समेत मनपरी गरेको गुनासो मेयरसमक्ष पुगेको थियो । उनको विषयमा जनप्रतिनिधि र महानगरबासीको गुनासो आएपछि सरुवा गरिएको हो ।

सचिवालयको प्रमुखसँगै उनलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको थियो । हालसम सहप्रवक्ताको जिम्मेवारीबाट हटाइएको छैन । सहकारी विभागमा सरुवा भएसँगै सहप्रवक्ताको जिम्मा अन्य कर्मचारीलाई दिने तयारी भएको छ ।

त्यस्तै एक वर्षदेखि महानगरपालिका प्रहरीको साइरन जडिट गाडी प्रयोग गर्दै आएका ढकालले हालसम्म सो गाडी फिर्ता दिएका छैनन् ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);