फिफा उत्कृष्ट खेलाडीको अवार्ड मोड्रीचलाई, सलाहलाई पुस्कास अवार्ड | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

फिफा उत्कृष्ट खेलाडीको अवार्ड मोड्रीचलाई, सलाहलाई पुस्कास अवार्ड

luca modric

एजेन्सी, ९ असोज । क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलसम्म पुर्‍याउन कप्तानी गरेका मिडफिल्डर लुका मोड्रीचले फिफा वेस्ट प्लेयर अवार्ड जितेका छन् । रियल मड्रिडका मोड्रीचले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

यससँगै मोड्रीचले एक दशकसम्म क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीको दबदबालाई तोडेका छन् । क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्‍याउन अघि ३३ वर्षे मोडरिकले रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । त्यसका साथै उनले रियलबाट फिफा क्लब विश्वकपको उपाधि पनि उचालेका थिए ।

उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्राजिलकी फरवार्ड मार्टाले जितेकी छिन् । ओर्लान्डो प्राइडबाट खेल्ने मार्टाले अप्रिलमा सम्पन्न कोपा अमेरिकामा ब्रजिलको नेतृत्व गरेकी थिइन् । उनले यसअघि सन् २००६, २००८, २००९ र २०१० मा पनि उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् ।

marta

त्यसैगरी लिभरपुलका मोहम्मद सलाहले वर्षको उत्कृष्ट गोल फिफा पुस्कास अवार्ड जितेका छन् । एभर्टनविरुद्ध गरेको गोलबाट उनले यो अवार्ड जितेका हुन् ।

salah

उता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । उनले रुसमा सम्पन्न फिफा विश्वकपमा फ्रान्सलाई उपाधि दिलाएका थिए । डेसच्याम्पसले रियाल मड्रिडका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालिचलाई पछि पारेका हुन् ।

deschamps

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);