प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिँदै

nepal parahari

काठमाडौं, ९ असोज । तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ।

गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गर्ने तयारी थालेको छ। कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए। कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पेन्सन कट्टा हुने बताए।

त्यस्तै गृहका अनुसार दुवै प्रहरी संगठनमा पाँचसय भन्दा धेरै सुरक्षाकर्मी घरेलु कामदारका रुपमा रहेका छन्। विगतमा बनेको सुरक्षा कार्यविधिअनुसार भूतपूर्व प्रहरी महानिरीक्षकले एक फलोअर्स, एक चालक र एक अंगरक्षक गरी तिन सुरक्षाकर्मी पाउँछन्।
त्यस्तै अतिरिक्त महानिरीक्षकले एक जना सुरक्षाकर्मी मात्रै राख्न पाउँछन्। तर, पछिल्लो समय पूर्वडिआईजी र एसएसपीले पनि प्रहरीलाई घरेलु कामदार बनाएका छन्।, आजको नयाँ पत्रिकामा यो खबर छ ।