प्रधानमन्त्री ओली आज अमेरिका जाँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

kp oli

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औ महासभामा भाग लिन आज (शनिबार) साँझ अमेरिका प्रस्थान गर्दै छन्। अमेरिकामा हुने महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको जनाएको छ । टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु पनि भ्रमण टोलीमा रहेका छन । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा सुरु भइसकेको छ ।

विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमलाई ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले आगामी सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);