राष्ट्रपतिद्वारा राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

राष्ट्रपतिद्वारा राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण

araniko ko pratima

ललितपुर, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति अरनिकोले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले अरनिको जस्ता राष्ट्रिय विभूतिलाई राष्ट्रले गौरव गर्दै सम्मान गर्नुपर्ने बताईन् । साथै उनीले सांस्कृतिक सम्बन्ध विस्तार कै कारण अहिले नेपाल चीन सम्बन्ध परिपक्व अवस्थामा रहेको बताईन् ।

त्यस्तै वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र चीनको सास्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएकी राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण गर्न पाउनु राष्ट्र कै लागि खुशीको विषय भएको बताए ।

कार्यक्रममा नेपालका लागि चिनिया राजदुत यू होङ्क र संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी लगायत सहभागी थिए । साथै चित्रकार तथा अरनिको प्रतिमा निर्माण कर्ता प्रकाशरत्न शाक्यलाई प्रशंसापत्र समेत दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);