काठमाडौं, २ असोज । विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका , नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ ।
तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् । पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको छ । दैनिक दुई तिन घण्टा विद्यार्थी कक्षाकोठामा बस्नै सक्दैनन् ।
शिक्षकलाई सम्झाउन मुस्किल हुन्छ । प्रधानाध्यापक रामचन्द्र गिरीले कक्षा २ देखि ७ सम्मका अधिकांश छात्रामा यस्तो समस्या देखापरेको बताए । नेपालगन्ज मेडिकल कलेज र जिल्ला जनस्वास्थ्यबाट आएको चिकित्स टोलीले उपचार गर्दासमेत निको भएन । समस्या चर्कँदै गएपछि विद्यालयमा बोकाको बलि दिएर धामीझाँक्री बसाउँदा पनि समस्या नहटेको गिरिले बताए । कक्षाकोठामा विद्यार्थी रुन थालेको ३ बर्ष भयो, गिरिले भने स्वास्थ्यकर्मीले जाँच गरे । तर, निको भएन ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।