विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा

bisphotak padhartha

काठमाडौं, २ असोज । भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावास मार्फत पठाएको पत्राचार बमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो । सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच्च अधिकारीले जानकारी दिए ।

पछिल्लो चार बर्षदेखि भारतले सेनाले मागेअनुसार बम गोलीगठ्ठा तथा अन्य घातक सैन्य सामाग्री बनाउन चाहिने कच्चा पदार्थ उपलब्ध गराएको छैन । समाचार आजको कारोबारमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);