महानगरमा पाँच तले घर बनाउन पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महानगरमा पाँच तले घर बनाउन पाइने

pach tale ghar

काठमाडौं, २७ भदौ । अब महानगरबासीले वैधानिकरुपमा पाँच तलाको घर बनाउन पाउने भएका छन् जसले गर्दा अधिकांश अवैध घरले वैधानिकता पाउने भएका छन्। काठमाडौं महानगरले नयाँ भवन निर्माण मापदण्ड बनाएर पाँच तले घर बनाउन दिन व्यवस्था गरेको हो। महानगरको पुरानो मापदण्डले काठमाडौंमा अढाइ तले घर मात्र बनाउने पाउने व्यवस्था थियो। महानगरका उपनिर्देशक इ.गम्भीरलाल श्रेष्ठले जनताको माग आधारमा भवन मापदण्ड परिर्माजन गरिएको बताए।

महानगरको नगर कार्यपालिका परिषद्बाट पारित गरी नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ। आवासिय क्षेत्रमा ५ तलासम्म घर बनाउन पाउने नयाँ मापदण्ड बनाइएको उनले जानकारी दिए। उनका अनुसार पुरातात्विक क्षेत्रमा ३५ फिट अग्लो, संरक्षित उप क्षेत्रमा सात तला, पुरानो बसोबास क्षेत्रमा आठ तलासम्म घर बनाउन सकिने नयाँ मापदण्डमा भनिएको छ। बाहिरी क्षेत्रमा फारका अनुसार घर बनाउन पाउने व्यवस्था नयाँ मापदण्डले गरेको छ।

पुरानो मापदण्डका आधारमा महानगरका ९० प्रतिशतभन्दा बढी घर मापदण्ड विपरितका थिए। पुराना मापदण्डको आधारमा ८ आनासम्ममा तीन तला, ८ आनाभन्दा बढी ४ तलाको मात्रै घर बनाउन पाउने व्यवस्था थियो। पुरानो वस्तीमा पाँच तलाको घर बनाउन पाइन्थ्यो। २०४५ सालमा नगरविकास योजनाको स्थापनापछि २०५० सालमा भवन मापदण्ड जारी भएको थियो।

मापदण्ड जारी गर्दा फ्लोर एरीया रिसोर्स(फार)को आधारमा घरका तला बनाउन पाउने प्रावधान राखिएको थियो। पुरानो मापदण्ड महानगबासीको आवश्यकता पूर्ति नहुने भएपछि २०६२ सालदेखि निरन्तर परिर्माजन गर्ने प्रक्रिया अगाडि बढाएको थियो अहिले आएर मात्रै नयाँ मापदण्ड बनेर लागू भएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);