सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरुलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरुलाई आग्रह

red password

काठमाडौं, २६ भदौ । सरकारले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले कूटनीतिक राहदानी दुरुपयोग भएको विगतको अनुभवलाई ध्यानमा राखेर विधेयकमा सरकारी प्रयोजनका लागि सांसदहरुले कूटनीतिक राहदानी प्रयोग गर्न पाउने प्रावधान राखिएको उल्लेख गरे ।

बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई अप्ठयारो पार्ने गरी कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था नगर्न सरकारलाई आग्रह गरेका थिए । समितिका सदस्य दिव्यमणि राजभण्डारीले सांसदहरुलाई सहज ढंगले कूटनीतिक राहदानी दिने व्यवस्था गर्न माग गरे ।

समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले जनताको विश्वास जितेर आएका जनप्रतिनिधिहरुलाई राहदानी दिन सरकारको अनुमति लिनुपर्ने व्यवस्था गर्न नहुने तर्क गरे । विधेयकमा सांसदहरुले कूटनीतिक राहदानी प्रयोग गर्दा सरकारको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);