मानव बेचबिखनमा संलग्नमाथि कार्वाही गर्न आयोगकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

मानव बेचबिखनमा संलग्नमाथि कार्वाही गर्न आयोगकाे निर्देशन

काठमाडौं, २५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार मानव बेचबिखनसम्बन्धि राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको हो ।

कार्यक्रममा बोल्दै आयोगकी प्रवक्ता मोहना अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायबीच रहेकोे सोसम्बन्धि तथ्यांक एकीकृत गर्न एकीकृत प्रणाली स्थापना गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

सरकारी निकायहरुबीच आवश्यक समन्वयको अभावमा पनि नेपालमा मानव बेचबिखन बढ्दै गएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पीडितले प्राप्त गर्ने क्षतिपूर्तिलाई सहज र सरल रुपमा उपलब्ध गराउन पनि आयोगले सरकारलाई निर्देश गरेको छ । आयोगकी प्रवक्ता अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि संघीय ढाँचा अनुसार संरचना तत्काल निर्माण गर्न पनि सरकारलाई भनिएको जानकारी दिइन् ।

त्यसैगरी आर्थिक तथा सामाजिक सशक्तिकरणका माध्यामबाट मानव बेचबिखन रोक्न पनि प्रभावकारी कदम चाल्न सरकारलाई पुुनः ध्यानाकर्षण गराउनु परेको प्रवक्ता अनसारीको भनाई थियो ।

आयोगले गरिवी मानव बेचविखनको मुख्य कारण रहेको औंल्याउँदै त्यसलाई निवारण गर्न पनि सरकारलाई सचेत गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);