मन्त्रीमण्डल तत्काल हेरफेर हुने संभावना छैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

मन्त्रीमण्डल तत्काल हेरफेर हुने संभावना छैन : प्रधानमन्त्री ओली

pradhanmantri oli

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन मन्त्रीमण्डल हेरफेरको हल्ला चलाइएको भन्दै त्यसको पछि नलाग्न मन्त्रीहरुलाई सचेत गराए ।

जिल्ला समन्वय समिति महासंघ, नेपालको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले मन्त्रीहरुले राम्रो काम गरिरहेको उल्लेख गर्दै हटाउनुपर्ने आवश्यक्ता नै नरहेको बताए ।

प्रधानमन्त्री ओलीले ६ महिना भित्र काठमाडौंको सडक धूलोरहित हुने र मेलम्चीको खानेपानी र ढलको पनि उचित व्यवस्था गर्ने घोषणा गरे । मेलम्चीको पानी ल्याउनु परेकाले केही समय अझै काठमाडौंको सडक धुलाम्मे हुने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई रहेको छ । प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र काठमाडौंको सबै सडक पिच हुने दावी गर्दै सरकारलाई असफल पार्ने प्रयास नगर्न विरोधीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले चीनसँग पारबहनका लागि प्रोटोकल सम्झौता गरेर नेपालले असाधारण उपलब्धि हासिल गरेको पनि स्मरण गराए । उनले आफू प्रधामन्त्री भएपछि भारतसँगको सम्बन्धमा पनि सुधार आएको उल्लेख गर्दै चाँडैनै कोशी, गण्डकी नदीमा पानी जहाज चलाउन सर्वेक्षणको काम सुरु गर्ने योजना रहेको बताए ।

प्रधानमन्त्री ओलीले नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएको उल्लेख गर्दै त्यसलाई आवश्यक्ता अनुसार संशोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);