एजेन्सी, ७ भदौ । अमेरिकाले रुस र चीनका केही कम्पनीमाथि उत्तर कोरियालाई सहयोग गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
ति कम्पनीले उत्तर कोरियालाई आणविक हतियार कार्यक्रममा सहयोग र्पुयाएको अमेरिकाको दाबी छ । अमेरिकी वाणिज्य मन्त्रालयले उत्तर कोरिया माथि थप दबाब दिन पछिल्लो कदम चालेको आकंलन गरिएको छ । चीनले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । १० वटा कम्पनी र ६ जना व्यक्तिमाथि प्रतिबन्ध लगाइएको हो । ती कम्पनीले अमेरिकामा कुनै पनि व्यवसाय गर्न पाउने छैनन । प्योङ्गयाङ्गले पछिल्लो समय गरेको लगातारको मिसााइल परिक्षणका कारण कोरियाली प्रायद्धिपमा तनावको अवस्था कायमै छ ।