काठमाडौं, २० भदौ । गैरआवसीय नेपाली सघ एनआरएनए को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन् प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो । आचार्य अलमल्ल परे ।
उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागित दिन सक्छ । सक्दैन भने किन हाम्रो मुख थुन्छ ।
किन बाटो छेक्न
किन खुसी लुट्छ
उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार । सरकारले डेढ बर्षदेखि महिलाला घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन । उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् । जानेलाई फर्किएर आउन रोकिन्छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।