काठमाडौं, १७ भदौ । भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना हुने भएको छ । नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नाडा अटो शो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
सवारी साधन तथा अटो कम्पोनेन्टससम्बन्धि सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई त्यसका आधुनिक तथा प्राविधिक विषयबारे प्रवर्धन गर्न ‘शो’ आयोजना गर्न लागिएको नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए ।
६ दिनसम्म चल्ने ‘शो’ मा १९ वटा ब्राण्डका ४ पाङग्रे, २० ब्राण्डका २ पाङग्रे राखिनेछ । त्यसैगरी शोमा ब्राण्डेड सवारी साधनहरुको खरिद विक्रीका लागि आवश्यक जानकारी लिने व्यवस्था पनि गरिने ‘शो’ का संयोजक श्रेष्ठले बताए ।