मोदीको यस्तो तयारीः चुनावमा सहयोग गर्ने, दोक्लाममा समर्थन माग्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

काठमाडौं, ७ भदौ । भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ।

 

एक्लाएक्लै भनिए पनि छलफलमा भारतका उच्च सरकारी अधिकारी प्रधानमन्त्रीको साथमा रहने यहाँको परम्परा छ।पाँच दिने राजकीय भ्रमणका क्रममा देउवा बुधबार नयाँदिल्ली जाँदै छन्।

 

उच्च कूटनीतिक स्रोतका अनुसार, १९५० को सन्धिको धारा २ अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली सकमकक्षी देउवालाई दोक्लाम घटनाबारे जानकारी दिनेगरी टकिङ प्वाइन्ट बनाउने गरी विदेश मन्त्रालयले तयारी गरिरहेको छ।

 

भारतले चुनावमा सहयोग गर्ने र दोक्लाममा समर्थन माग्ने तयारी गरेको छ। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);