काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन्। प्रधानमन्त्री देउवा बिहान १०:३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन्। देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ। देउवाले बिहीबार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वैंकैया नायडुसँग शिष्टाचार भेट गर्नेछन् । देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरमा वार्ता तथा आधा घन्टा एकल भेट गर्नेछन्। देउवालाई विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबारै भेट्ने कार्यक्रम छ।
भ्रमण दलमा देउवा पत्नी आरजु, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, पर्यटनमन्त्री जितेन्द्र देव, उद्योगमन्त्री मीन विश्वकर्मालगायत ६० जना संलग्न हुनेछन्। परराष्ट्रमन्त्री महराले भारतसँग विगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजानेबारे छलफल हुने बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।