अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेगरी कर नबढाउन महतको सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेगरी कर नबढाउन महतको सुझाव

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेगरी कर बढाउने काम नगर्न सरकारलाई सुझाव दिएका छन् । नेता महतले स्थानीय तहको आम्दानीको मुख्य स्रोतको रुपमा अनुदान सहायता बृद्धि गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सोमबार काठमाडौंमा आयोजित पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले करलगायतका वित्तिय व्यवस्थापनका लागि वित्तीय आयोग गठन गर्न ढिलाई नगर्न पनि सरकारलाई सुझाव दिए ।

करको दायरा बढाउने काम गरे मुलुकबाट लगानी बाहिरिने नेता महतको दावी छ । काँग्रेस नेता महतले स्थानीय तहको आयआर्जनका लागि स्थानीय स्तरमै उद्योग स्थापनामा जोड दिनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);