मापदण्ड विपरितका सबै मेडिकल कलेज खारेज हुनुपर्छ : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

मापदण्ड विपरितका सबै मेडिकल कलेज खारेज हुनुपर्छ : भट्टराई

Yogesh-Bhattarai

काठमाडाैं, ११ भदाै । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन् ।

नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा संचालित सबै मेडिकल कलेजहरुको छानवीन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे ।

नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको उनले बताए । वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ । नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अव ढिलाई गर्न नहुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);