बाढी पहिरो पीडितलाई तत्काल राहत र पुर्नस्थापना गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

बाढी पहिरो पीडितलाई तत्काल राहत र पुर्नस्थापना गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, ४ भदौ । सांसदहरुले देशका विभन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत र पुर्नस्थापना गर्न सरकरको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बर्षासँगै आएको बाढी पहिरोका कारण ठुलो धनजनको क्षति भएको भन्दै पीडित परिवारलाई तत्काल राहत र पुर्नस्थापनको व्यवस्था गर्न सरकरको ध्यानाकार्षण गराएका हुन् । त्यस्तै सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सांधीखोला पुल बाढीले बगाउँदा नजिकका गाउँको सम्पर्क विच्छेद भएको भन्दै सो स्थानमा तुरुन्तै बेलीब्रिज निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद रमेशजंग रायमाझीले खेती लगाउने समयमा तराईका किसानले रासायनीक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी, सांसद खेमराज नेपालीले मोरङको लेटाङ्गस्थित एक स्कुलको पानी ट्यांकीमा विषाधी मिसाउनेमाथि तत्काल कार्बाही गर्न माग गरे । घटना भएको लामो समयसम्म पनि दोषि पत्ता नलाग्नु दुःखद भएको उनँको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);