कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

Ganesh-Timalsina

काठमाडौं, २ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित संविधान कार्यान्वय सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले कानुन निर्माण भएको केही समयमा नै संशोधन गर्नुपर्ने अवस्था आउँदा कार्यकुशलता र सक्षमतामा प्रश्न उब्जने भएकाले दीर्घकालिन सोच बनाउनुपर्नेमा जोड दिए ।

कानुन बनाएको केही समयमा नै संशोधन गर्नु पर्ने अवस्था आउनु लज्जास्पद हुने उनको तर्क थियो । उनले भने संघीय संसदको पहिलो निर्वाचनबाट आएका सांसदले बनाएको कानुन ५० औं बर्ष चेन्ज गर्नु नपर्ने गरी बन्यो भन्ने त्यो दुरदृष्टि हुन्छ ।

अहिले बनायो, दुई बर्षमा संशोधन गरेर फेरी बनाउनुपर्यो भने त हामी सक्षम हौ कि कमजोर हौ भन्ने त्यहाँबाट पनि खुल्न आउँछ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणको काम छोडेर सांसदहरुले सचिवका ढोका चाहार्ने प्रणालीको अन्त्य हुनुपर्ने बताए ।

जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डिना’ले संसदमा सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयकले महिलालाई अधिकार दिनुको सट्टा दोश्रो दर्जाको नागरिक बनाउने काम गरेको भन्दै त्यस विरुद्ध एक हुन सहभागी सांसदहरुलाई आग्रह गरिन् ।

संसदमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकका कतिपय व्यवस्था संविधानले गरेको व्यवस्था भन्दा पछि हटेर बनाईएको भन्दै उनले आपत्ती जनाइन् । उनले संविधानले नै आमा वा बाबुको नाममा नागरिकता जारी गर्न सकिने व्यवस्था गरिसकेकाले विधेयकमा आमाले बच्चाको बाबुको पुष्ट्याई गर्नुपर्ने प्रावधान राखिनु गलत भएको टिप्पणी गरिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);