बाजुरा, २ भदौ । आर्थिक वर्ष शुरु भए संगै बाजुरामा खाद्यन्न अभावको संकेत देखिएको छ । निरन्तर वर्षा भइरहेकोले साँफे मार्तडी सडक खण्ड अबरुद्ध भएपछि यस्तो समस्या देखिएको हो ।
खाद्यन्न ढुवानीमा समस्या भएपछि बाजुराबासीका लागि यस आर्थिक वर्षको सूरुवातमै खाद्यन्न अभाव हुने संकेत देखिएको हो । बाजुराका लागि आर्थिक वर्ष २०७४-७५ का लागि केन्द्रले १० हजार क्विन्टल चामलको कोटा छुट्याए पनि ५ हजार क्विन्टल चामल मात्र आएको नेपाल खाद्य संस्थान बाजुराका निमित्त कार्यालय प्रमुख मेघराज ओझाले बताउनु भएको छ ।
यस वर्षका लागि केन्द्रबाट छुट्याएको कोटा अनुसारको चामल समयमै ढुवानी हुन नसक्दा बाजुरामा खाद्यन्न अपुग हुने संभाबना बढेको देखिन्छ ।