एजेन्सी, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेनालाई अफ्गानिस्ताबाट फिर्ता नबोलाउन जनाएका छन् । सेना फर्किएमा आतंकवादीले सो स्थान कब्जा गर्न सक्ने बताएका छन् ।
यो भन्दा अघि आफु सेना फिर्ता ल्याउन पक्षमा रहेको तर इराक घटनाका कारण आफु गल्ती नदोहोर्याउने उनको भनाई छ । थप सेना परिचालन गरेर आतंकवादी विरुद्व अफ्गानिस्तानसँग मिलेर अमेरिका लडिरहने जनाएका छन् । अमेरिकाले आफ्नो सुरक्षा नीतिहरुलाई अपनाएर थप सुरक्षा प्रदान गर्ने उनले दाबी गरेका हुन् ।
अमेरिकी सरकारले अमेरिकाका मित्र राष्ट्रहरुले अफ्गानिस्तानका सुरक्षाका लागि आफ्ना थप सेना पचिालन गर्ने प्रतिबद्वता जनाएको उल्लेख गरेको छ ।
पाकिस्तान आतंकवादहरु पनि यस लडाइमा अमेरिका विरुद्व लागेको उनले गम्बिर आरोप लगाएका छन् ।
२०१४मा अफ्गानिस्तानमा तालेवान विरुद्व अमेरिकाको अपरेसन सकिए पनि उसले अफ्गानिस्तानलाई सुरक्षा प्रदान गर्दै आएको छ ।