काठमाडौं, ६ भदौ । करिब एक सय जनाभन्दा बढी रोबोट विशेषज्ञहरूले हत्यारा रोबोट बनाउन रोक लगाउनुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघसँग अपिल गरेका छन्। राष्ट्रसंघलाई लेखिएको पत्रमा कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूले हतियारका रूपमा एआईको प्रयोगमा प्रतिबन्ध लगाउने माग गरेका हुन् ।
पत्रमा लेखिएको छ।
एकचोटि यो विकसित भएपछि ठूलो स्तरमा सशस्त्र युद्ध हुन सक्छ। यस्तो रोबोटको दिमाग मानिसको भन्दा तेज हुन्छ। रोबोटलाई आतंकवादीहरूले निर्दोष मानिसलाई मार्नका लागि प्रयोग गर्न सक्छन्। यसलाई ह्याक गरेर खराब स्थिति ल्याउन सकिन्छ।’ प्राविधिक विशेषज्ञहरूले यसमा छिटो कदम उठाउन माग गरेका छन् ।
एकचोटि यो शुरु भएपछि यसलाई बन्द गर्न मुश्किल हुने उनीहरू बताउँछन्। अहिलेसम्म यस्तो रोबोटको निर्माण त भइसकेको छैन तर प्राविधिक विकासका कारण यो बन्ने निश्चित छ । मानवताका लागि खतरा भन्दै विशेषज्ञहरूले यसको विरोध गरेका हुन् । बीबीसी