थप ९५ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा संचालन गर्ने अनुमति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

थप ९५ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा संचालन गर्ने अनुमति

काठमाडौं, २८ साउन । सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) को सोमबार बसेको बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न अनुमति दिएको हो ।

प्रविणता प्रमाणपत्रसम्मको अध्ययन हुने गरी प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न थप ९५ वटा सामुदायिक विद्यालयलाई पनि अनुमति दिने निर्णय गरिएको सिटिइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए ।

सरकारले यस अघि २ सय १७ वटा सामूदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिईसकेको छ । सदस्य सचिव वाग्लेले काठमाडाैँमा पत्रकार सम्मेलन गरी ८ वटा आंगिक बहुप्राविधिक शिक्षालयहरुलाई पनि पूर्वाधारको विकास गरी कार्यक्रम विस्तार गर्न अनुमति दिइएको जानकारी गराए ।

सिटिईभीटीले साझेदार संस्थाहरुलाई पशुविज्ञान तर्फको ३ वर्षे डिप्लोमा कार्यक्रम संचालन गर्न पनि अनुमति दिएको छ । त्यसैगरी सिटिईभीटीले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे नर्सिङ कोर्ष संचालन गर्न आवश्यक पूर्वाधार निरीक्षण गर्न कार्य दल पनि गठन गरेको छ ।

कार्य दलले निरीक्षण गरेपछि सो अस्पतालमा ३ वर्षे डिप्लोमा नर्सिङ कोर्ष संचालन हुने पनि सदस्य सचिव वाग्लेले बताए । सिटिईभीटीले २ वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको स्पष्ट पारेको छ ।

सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यक्ता अनुसार प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);