कंगोमा इबोला भाइरसको संक्रमण, ३७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

कंगोमा इबोला भाइरसको संक्रमण, ३७ जनाको मृत्यु

ebola virus in congo

एजेन्सी, २६ साउन । अफ्रिकी मुलुक कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला भाइरसका कारण ३७ जनाको मृत्यु भएको छ । यो हप्ता मात्रै २७ जनाको इबोलाका कारण मृत्यु भएकामा शनिबार थप दश जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट महिनाको सुरुवातसँगै इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामी भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् ।

सन् १९७६ देखि कंगोमा इबोलाको प्रकोप देखिना थालेकामा अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो ।

अहिलेको प्रकोप युगाण्डा र रुवाण्डाको सिमा क्षेत्र नजिकको किभुको बेनी क्षेत्रमा फैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);